२०८२ फाल्गुन २२
मनाङमा ४७ मिलिमिटर बर्षा मापन ।
काठमाण्डौँ, पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर बर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।
गत १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको विभागले जनाएको छ ।
पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिट बर्षा भएपनि हाल सदरमुकाम चामे आसपासका क्षेत्रमा बर्षा नभएको तर रातभर बर्षा भएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । प्रजिअ आचार्यले कुनै पनि दुर्घटनाका खबरहरु हालसम्म प्राप्त नभएको तर सबै निकाय र सर्वसाधरणलाई सचेत र सर्तकता अपनाउन भने जानकारी गराइएको पनि बताए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्