जिल्ला प्रशासन कार्यालय मनाङको विशेष अनुरोध ।

चामे, मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम साधारणतया बदली रहेको र आज सोमबार भारी बर्षा हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । हाल मनाङ जिल्लाका विभिन्न स्थानहरुमा पनि बर्षा भइरहेकाले सर्तकता अपनाउन सम्पूर्ण जिल्लावासी सर्वसाधरणमा जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले सम्भावित बर्षाका कारण भू–क्षय, बाढी, पहिरो जाने, चट्याङ पर्ने जस्ता प्राकृतिक प्रकोपहरु आउन सक्ने, जिल्लाका मस्र्याङदी दुधखोला, नारखोला, डोना खोला तथा ठाडा खोला लगायत स्थानीय खोल्साहरुमा बाढी, पहिरो गई जन–धनको क्षती हुन सक्ने भएकाले अत्यन्त सर्तकताका साथ सावधानी अपनाउन सम्पूर्ण जिल्लावासी जनतामा अनुरोध गरेको छ ।
त्यसैगरी, भारी बर्षाका कारणर खोलाहरुमा पानीको सतह बढने, बाढी पहिरो गई जोखीम हुनसक्ने भन्दै सकेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न समेत अनुरोध गरेको छ । अत्यन्त आवश्यक र जरुरी काम विशेषले सवारी चलाउन परेमा वा यात्रा गर्न परेमा सर्तकता अपनाउन वा पूर्व तयारी अपनाउनु जिल्ला ट्राफिक कार्यालय मनाङले अनुरोध गरेको छ ।
कुनैपनि विपद्जन्य घटना घटेमा तत्काल सहायता तथा समन्वयका लागि विभिन्न टेलिफोन नम्बर र निकायहरु समेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्