२०८२ कार्तिक २

मनाङको र्स्याक्यू खोलामा बेलीब्रिज निमार्ण कार्य सम्पन्न, चाँडै सञ्चालनमा आउने ।

चामे, मनाङको चामे गाउँपालिका–१ तिमाङको र्स्याक्यू खोलामा बेलीब्रिज निमार्णको काम सम्पन्न भएको ।
पहलमा भौतिक तथा पूर्वधार मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिएको हो । नेता गुरुङले भने, ‘र्स्याक्यू खोलामा बेलीब्रिज निर्माण भएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको छ । नेपाल सरकार, भौतिक तथा पूर्वधार मन्त्रालयका साथै सरोकारवाला निकायले गरेको सहयोगप्रति मनाङका जनता आभारी छौं ।’

३० मिटर ४५ से.मी.लम्बई र ४ मिटर २० से.मी चााडाईको बेलिब्रिज निमार्ण कार्य सम्पन्न भएकाले केहीदिनै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
यसअधि पटक पटक यस खेलाले पूलहरु बगाइ लैजान गरेको थियो । जसका कारण बेसीहरदेखि–मनाङसम्मको यात्रामा समस्या आउने गरेको थियो । यस बेलिब्रिज सञ्चालनमा आएपछि बेसीशहरदेखि मनाङसम्मको यात्रा थप सहज हुने सडक डिभिजन कार्यालय, लमजुङले जनाएको छ ।