२०८२ फाल्गुन १४
संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा रहेका १२० नेपालीलाई आममाफी ।
काठमाण्डौँ, संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
ईस्लाम धर्मालम्बीहरूको महान पर्व “ईद अल–अदाह”का अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ, राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्