२०८२ फाल्गुन १४

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे ।

काठमाण्डौँ, नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार)अपराह्न्न तीन बजे तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि घुस पक्ररणमा मुछिएका राजकुमार गुप्ताले मन्त्रीपदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार मात्रै न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
स्थानीय तहको मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।