२०८२ माघ ५

अमेरिकाद्वारा युद्ध अन्त्य गर्न रुसलाई ५० दिने अल्टिमेटम, युक्रेनलाई उच्चस्तरको हतियार दिने घोषणा ।

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सोमबार नेटोका महासचिवसँगको बैठकपछि युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने बताएको बीबीसीले जनाएको छ ।
नेटोका महासचिव मार्क रुटेले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनलाई ठूलो परिमाणमा हतियार नेटोमार्फत पठाउने पुष्टि गरे ।
यसैगरी, ट्रम्पले रुसबाट भइरहेको हवाई आक्रमणको सामना गर्न युरोपियन देशहरूले पनि युक्रेनलाई उनीहरूको प्याट्रियट मिसाइल हवाई रक्षा प्रणालीहरू पहिले पठाउने र त्यसलाई अमेरिकाले प्रतिस्थापन गर्ने बताएको बीबीसीले जनाएको छ ।
युक्रेनलाई पठाइने हतियारहरूबारे विस्तृतमा दुवैले उल्लेख गरेनन् । तर, रुटेले सम्झौतामा क्षेप्यास्त्र र एम्युनिसन समावेश भएको बताए ।
ट्रम्पको हतियार प्रतिबद्धताले युक्रेनका लागि महत्वपूर्ण कदम भएको बताइएको छ । यद्यपि, राष्ट्रपतिले अर्बौं डलर मूल्यका अत्याधुनिक हतियारहरू युक्रेनलाई सहयोग गर्न तत्काल युद्धक्षेत्रमा वितरण गरिने बताए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेख्दै उनले रुटेसँगको भेटपछि ट्रम्पसँग कुराकानी गरको बताएका छन् । उनले युक्रेनलाई समर्थन गर्ने र रुसले गरेको हत्याहरू रोक्न तथा दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्न सँगै काम गर्न इच्छुक भएकोमा उनलाई धन्यवाद दिएको बताएका छन् ।