स्वास्थ्य बीमा सुविधा एकै महिनामा शुरु हुने ।

काठमाण्डौँ, सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा–सुविधा लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार बिमितले बीमा गरेको एक महिना भित्रमै सेवा लिन सक्नेछन् । बोर्डले आउदो १ साउनदेखि लागु हुनेगरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि बीमा आवद्ध भएका नागरिकले सेवा लिनका लागि ४ महिनासम्म कुर्नुपर्ने हुन्थ्यो ।
नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले बताए ।
बीमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनालाई पहिलो महिना मानिनेछ । त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट नै बीमाले प्रदान गर्ने सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिनेछ । यो नियम १ साउन २०८२ देखि लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्