२०८२ श्रावण १५

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै ।

काठमाण्डौँ, आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ ।
नेपाली भाषामा पहिलो पटक रामायण अनुवाद गरेर नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपाली भाषामा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ । उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन् । भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्ने भानुभक्तको योगदान अमूल्य रहेको विज्ञहरूको भनाइ छ ।
नेपालसँगै भारतको दार्जीलिङ्घ, सिक्किम, भुटान, डुर्वस, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गरेका देश तथा स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाइने गरिएको छ ।