२०८२ असार २८

नेपाली काँग्रेस मनाङका पूर्व उप–सभापति राज धलेको निधन ।

काठमाण्डौँ, नेपाली कॉग्रेस मनाङका संस्थापक नेता, पूर्व उप–सभापति, जिल्ला विकास समिति मनाङका पूर्व उप–सभापति एवं सक्रिय समाजसेवी राज धलेको निधन भएको छ ।
पेटमा समस्या देखिएपछि विगत लामो समयदेखि काठमाण्डौँको बोहोराटारमा बसी उपचार गराइरहेका ८९ बर्षी स्वर्गीय घलेको बिहिबार सॉझ ७ः४५ बजे निधन भएको परिवारले जनाएको छ ।
नेपाली काँग्रेस, मनाङले स्वर्गीय घले एक कर्मठ र सच्चा कार्यकर्तामात्र नभएर योग्य र कुशल नेतृत्वकर्ता पनि थिए । उनको निधले नेपाली कॉग्रेस मनाङलाई मात्र नभए सिंगो पाटीलाई नै ठूलो क्षती भएको भन्दै स्वर्गीय घलेको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै शोक संतत्पत परिवारमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।
स्वर्गीय घले आज शुक्रबार बौद्ध परम्परानुसार विजेश्वरीमा दाह संस्कार गरिने भएको छ ।