२०८२ असार २४
रसुवाको नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगायो ।

काठमाण्डौँ, अत्याधिक बर्षासंगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्त,ै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत प्रजिअ पौडेलले मनाङ अनलाइसंगको टेलिफोन कुराकानीमा बताए ।
उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । बाढी पहिरोको जोखीममा रहेकाहरुको उद्धार गरि सुरक्षीत स्थानमा स्थान्तरण गरिएको पनि प्रजिअ पौडेलले बताए ।
समग्रमा बाढीले क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्