२०८२ असार २३

मनाङ, ताचैकी एक गभवर्ती महिलाको हेकप्टरद्वारा उद्धार, आमा र बच्चको स्वास्थ्यमा सुधार ।

धारापानी, मनाङ जिल्लाको नासोँ गाउँपालिका–८, ताचैकी एक गभवर्ती महिलाको हेकप्टरद्वारा उद्धारगरी आमा र बच्चको जिवन बचाउन सफल भएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
मनाङ जिल्लाको नासोँ गाउँपालिका–८, ताचैकी ३१ वर्षीय एक गर्भवती महिला सुत्केरी हुन नसकेर निजको स्वास्थ्य अवस्था जोखिममा परेकोले गण्डकी प्रदेश सकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा तत्काल हकप्टरद्धारा उद्वार गरी काठमाण्डौं स्थित् परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा पु¥याई आमा र शिशुको ज्यान जोगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ । ।
हेलिकप्टरद्वारा उद्धार गरी काठमाण्डाँैको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा बिना अपरेसन निजको गर्भमा रहेका दुबै शिशुहरू (छोरीहरू) को जन्म भएको छ । दुबै जुम्ल्याहा छोरीहरूको शरीरको तौल न्यून रहेको कारण हाल दुबै नवशिशुलाई ल्क्ष्ऋग् मा राखी उपचार जारी राखिएको र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय, मनाङले स्वास्थ्य मन्त्रालय परिवार,स्त्रीरोग विशेषज्ञ डा. रेखा पौडेल, प्रदेश अस्पताल मनाङ, नासो गाउँपालिका परिवार, धारापानी स्वास्थ्य चौकी परिवार र अ.न.मि. कासी गुरुङ तथा सम्पुर्ण सहयोगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।