आजदेखि राती मनाङ जिल्लाभर सवारी साधन सञ्चालनमा प्रतिबन्ध ।

चामे, जिल्ला प्रशासन कार्यालय, मनाङले आजदेखि अर्को सूचना नभएसम्मका लागि रातको समयमा कुनै पनि सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
देशभर मनसुन शुरुभई सकेको र कुनै पनि समय बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप अर्थात विपद आइपर्न सक्ने भएकाले यात्रु तथा सवारी साधनहरुमा समस्या आइपर्ने भएकाले त्यस्ता घटना आइपर्न नदिनका लागि आज मिति २०८२/०३/२० गते शुक्रबारबाट सम्पूर्ण जिल्लाभर सार्वजनीक, निजी र सरकारी सवारी साधनहरु रातको समय सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी, रातको समय बाहेक अन्य समयमा पनि मनसुनजन्य प्राकोप तथा घटनाहरु आइपर्न सक्ने भएकाले उच्च सर्तकता अपनाउन सम्पूर्णमा हार्दिक अनुरोध पनि गरेको छ । बिरामी बोक्ने एम्बुलेन्स तथा अन्य सवारी साधन लगायत अतिआवश्यक र जरुरी कामका लागि सञ्चालन गर्न परेमा जिल्ला प्रहरी वा जिल्ला ट्रफिक कार्यालयको समन्वयमा सञ्चालन गर्न सकिने सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले मनसुन अवधिर वा अर्को सूचना नभएसम्मका लागि सञ्चारी साधन छुट्ने स्थान र समय समेत तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्