२०८२ असार २३
देशभर डेंगुको सन्त्रास, बिरामीको संख्या ६० हजार नाघ्न सक्ने ।

काठमाण्डौँ, यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।
किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ‘डेंगुको संक्रमण साउनदेखि बिरामी बढ्दै जाने, भदौ र असोजमा पिक पुग्ने र त्यसपछि कत्तिकदेखि घट्ने क्रम रहन्छ,’ ‘डेंगुका बिरामी बढ्नेसक्ने कुरालाई नकार्न सक्दैनौं, अबको चार महिना उच्च जोखिममा रहनेछौं ।’
चार–पाँच वर्षदेखि लगातार रूपमा डेंगु बिरामीहरू बढेको स्थितिमा डेंगु संक्रमणलाई शून्यमा पु¥याउन दीर्घकालीन तयारी आवश्यक भएको विज्ञ बताउँछन् ।
‘अब एक–दुई वर्ष मात्रै होइन, अझ दशकौंसम्म डेंगुसँग लड्नुपर्छ । यसका लागि हामीले तयारी गरेनौं भने डेंगुलाई शून्य बनाउन सक्ने अवस्थामा नपुग्ने’ डा. दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्