२०८२ असार २३

मनाङ जिल्लामा खाद्य संकट आउँदैनः  खाद्य व्यवस्था तथा ब्यापार कम्पनी, मनाङ ।

मनाङ, खाद्य व्यवस्था तथा ब्यापार कम्पनी, मनाङले बर्षा याम शुरु भएसंगै जिल्लावासीको खाद्य अधिकारलाई सुनिश्चिता गर्न दैनिक उपभोग्य खाद्यन्नको भण्डारण र वितरणलाई प्राथमिकतामा राखोको छ ।
बर्षा याममा बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपका कारण जिल्लामा खाद्यसंकट आउन सक्ने कुरालाई आत्मासाथ गर्दै दैनिक उपभोग्य खाद्यन्नको भण्डारण र वितरणलाई कम्पनीले प्राथमिकतामा राखेको छ । यसकासाथै कम्पनीको काम कारवाहीलाई जनमुखी र प्रभावकारी बनाउन जिल्ल स्थित सबै कार्यालय प्रमुख सहभागी समिति समेत गठन गरेको छ ।

समितिले अधिल्लो आर्थिक बर्षको १०६५.२५ क्वीन्टल र यसै आर्थिक बर्षको हालसम्म प्राप्त १६९३.५० गरी कूल २७५८.७५ क्वीन्टल मध्ये १६८५.६६ क्वीन्टल बिक्री वितरण भई असार १५ गतेसम्म हाल १०७३.०९ क्वीन्टल मौजाद रहेको जनाएको छ ।
समितिले ङिस्याङ गाउँपालिकाको हुम्डेमा खाशाका कार्यालय स्थापना गरी २२०० खाद्यन्न भण्डारण गर्ने लक्ष्य अनुसार हालसम्म १६९३.५० क्विन्टल खाद्यन्न भइसकेको र अन्य यही असार मसान्तसम्ममा भण्डारण भई सक्ने जनाएको छ ।

त्यसैगरी यसबर्षबाट तेल र दाहलान सम्बन्धी दैनिक उपभोग्य बस्तुहरुपनि विक्री वितरण गरिने
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी,मनाङले खाद्यवस्तुको भण्डारण र वितरणलाई जनमुखी बनाउनुका साथै गणस्तर र स्वास्थ्यकर बनाउन पहिलो पटक नेपाल सरकारले तोकेको मापदण्डा सहितको आइरन, जिंक, भिटामिन ए, बि१२, फोलिक एसिण्ड युक्त स्वास्थ्यर्वद्धक चामल पर्याप्त भण्डारण गरी विक्री–बितरण शुरु गरिएको जनाएको छ ।

त्यसैगरी, दैनिक उपभोग्य बस्तु चिनी र खाने तेलको पनि बिक्री बितरण गर्न लागेको जनाएको छ ।