२०८२ फाल्गुन १३

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि ।

काठमाण्डौँ, पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि भएको जानकारी दिएको हो ।
मंगलबार(आज)बाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ । पेट्रोलियम पदार्थका उत्पादन र वितरण गर्दै आएका मध्यपूर्वी देशहरुमा चलेको द्वन्द्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धी आएको छ ।