लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना ।

काठमाण्डौँ, जल तथा मौसम विज्ञान विभागले आज पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ
विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।
विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
विभागले दिएको सूचनाको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेको छ ।
वर्षा, बाढी र डुबानको जोखिम भएकाले नदी र खोला नजिकको क्षेत्रमा नजान भनिएको छ । साथै सडक र हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले मौसमको अध्यावधिक जानकारी लिएर र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको छ ।
विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशको पश्चिमी भागमा भारी बर्षा हुने मौसम विज्ञानले जनाएको हुनाले अम नागरीकमा सर्तकता अपनाउन आग्रह गरेका छन् । उसैगरी सरकारी तथा गैरसरकारी निकार्यहरुलाई हाई अर्लटमा बस्न समेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्