२०८२ असार २३

२०८१ सालको एसइईमा मनाङ जिल्लाको सन्तोष जनक नतिजा ।

चामे, २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङ जिल्लाले सन्तोष जनक नतिजा हाँसिल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार मनाङ जिल्लाका प्रकाशज्योती मा.वि थोचेका ८ छात्रा, १३ छात्रा, लोकप्रिय मा.वि. चामेका ६ छात्र, ९ छात्रा र अन्नपूर्ण मा.वि. ङिस्याङका एक छात्र र ३ जना छात्रा गरी कूल ४० जना विद्यार्थी परीक्षामा सफल भएका छन् ।
त्यसैगरी, प्रकाश ज्याती मा.वि.थोचेका एक जान छात्र र २ जना छात्रा गरी ३ जना र लोकप्रिय मा.वि. चामेका २ छात्र र २ छात्रा गरी कुल ७ जना परीक्षार्थी ग्रेट ल्याउन असफल भएका छन् । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङ जिल्लबाट १५ छात्र र २५ छात्रा गरी कूल ४० परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार देशभरका ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ ।