२०८२ असार २३

प्रतिनिधिसभा बैठक बस्दै, बैठकलाई प्रधानमन्त्रीले समबोधन गर्ने ।

काठमाण्डौँ, प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैे छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदैछन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले बताए ।