२०८२ असार २४

अस्ट्रेलिया सरकारले तेहरानस्थित् आफ्नो दूतावास बन्द गर्यो ।

काठमाण्डौँ, इरान र इजरायलबिच बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित आफ्ना दूतावासको कार्य सञ्चालन बन्द गरेको छ ।
अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोंगका अनुसार, सुरक्षा अवस्था बिग्रँदै गएकाले सबै अस्ट्रेलियाली अधिकारी र उनीहरूका परिवार सदस्यलाई इरानबाट फिर्ता बोलाइएको हो । दूतावास बन्द भए पनि अस्ट्रेलियाली राजदूत क्षेत्रमै रहने र संकट व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने वोंगले बताइन् । अस्ट्रेलियाबाट इरानमा रहेका नागरिकलाई फिर्ता ल्याउन सरकार प्रयासरत रहेको जनाउँदै उनले भनेकी छन्, “इरानमा रहेका अस्ट्रेलियाली नागरिकलाई फर्काउनका लागि सीमित विकल्पहरू रहेका छन् ।”
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि गार्जियनका अनुसार सरकारले इरान छाड्ने अस्ट्रेलियालीहरूलाई सहयोग गर्न अजरबैजानका सीमा क्षेत्रमा कन्सुलर कर्मचारीहरू खटाएको छ।