२०८२ फाल्गुन १४

दुई न्यायधश पदमुक्त, न्यायपरिषद्को छानबीनमा तानिए ।

काठमाण्डौँ, कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् ।
बिहीबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशद्वय थारु र महर्जनलाई न्यायपरिषद्मा तानेको हो । अब उनीहरू नियमित न्याय परिषद्मा हाजिर हुनुपर्नेछ । उच्च अदालतका न्यायाधीशका हैसियतले मुद्दाको सुनुवाइ र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत १४ जेठमा बम विस्फोट र ज्यान मुद्दाको आरोपबाट आलम लगायतलाई सफाइ दिएको थियो । न्यायाधीशहरू थारु र महर्जनको इजलासबाट मुद्दाको फैसला भएलगत्तै चौतर्फी आलोचना सुरु भएको थियो ।
गत मंगलबार मात्रै १८ वर्षअघिको विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राउतपुर आफैं उपस्थित भएर न्यायपरिषद्मा उजुरी दिएका थिए । त्यसअघि परिषद्मा अर्को उजुरी विचाराधीन थियो । ‘बयोवृद्ध जाहेरीकर्ता नै उपस्थित भएर उजुरी दिएपछि परिस्थिति गम्भिर बन्यो, अनि दुई न्यायाधीशलाई परिषद्मा तान्ने निर्णय गरिएको परिषद्को भनाइ छ ।’
उनीहरूमाथि न्यायपरिषद्कै सदस्यको संलग्नतामा हुने प्रारम्भिक छानबिनपछि प्रतिवेदन तयार हुन्छ । त्यसपछि न्यायपरिषद्ले सर्वोच्च अदालतकै कुनै न्यायाधीशलाई थप छानबिनका लागि जिम्मेवारी दिनसक्छ ।
राजपत्रमा सूचना प्रकाशित गरेर बन्ने समितिले दिने सिफारिसका आधारमा न्यायपरिषद्ले उनीहरूलाई सचेत गराउनेदेखि बर्खास्तीसम्म निर्णय गर्नसक्छ । छानबिन समितिले प्रतिवेदन नदिदासम्म उनीहरूलाई न्याय परिषद्मै हाजिर गराउने सम्भावना रहन्छ ।