२०८२ कार्तिक २

अवरुद्ध बेँसीसहर–चामे सडक सुचारू ।

चामे, बुधबार बिहान पहिरो खसेर अवरुद्ध बनेको बेँसीसहर–चामे सडक सुचारू भएको छ ।
मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बुधबार विहान ठुलाठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । च्याम्चेको बुङ झरना नजिकै झरेको पहिरो स्काभेटर प्रयोग गरि खुलाइएको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको च्याम्चे नास्कु पुरानो जगत बाटोपनि सुचारू भएको छ ।
बेसीसहर–चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
वर्षेनी पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । मनाङलाई जोडने एकमात्र यस बेसीशहर–चामे सढक अवरुद्ध हु‘दा मनाङवासी जनता बर्षै मर्कामा पर्ने गरेका छन् ।