२०८२ असार २३

भोली बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने ।

काठमाण्डौँ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोली (बुधबार) बिहान ८ बजे बस्ने भएको छ ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले अनलाइनखबरलाई जानकारी दिए । नेपाली काँग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।