गण्डकी प्रदेश सरकारले करिब ३२ अर्बको बजेट ल्याएको छ ।

पोखरा, गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ ।
आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
पूरा बजेटमध्ये संघीय सरकारबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ ।
कुन मन्त्रालयले कति पाए बजेट
कृषि–२ अर्ब ८ करोड
उद्योग तथा पर्यटन–८४ करोड २१ लाख
वन तथा वातावरण–१ अर्ब ६ करोड
सामाजिक विकास–२ अर्ब ३९ करोड
स्वास्थ्य–३ अर्ब ३२ करोड
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था–११ अर्ब ९८ करोड
उर्जा, जलस्रोत तथा खानेपानी–३ अर्ब ८८ करोड
प्रतिक्रिया दिनुहोस्