२०८२ असार १
बेलिब्रिज भाँचिदा तीन मजदुरको मृत्य, घाइते तीन घाइतेको उपचार भइरहेको छ ।

पाँचथर, पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा तीन मजदुरको मृत्यु भएको छ ।
बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीलाई उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएको थियो । तर अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको र बाँकी घाइते तीन घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज भाँचिएको हो । बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्