२०८२ असार १

देशैभरी मनसुनी वायुको प्रभाव, ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाण्डौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका विभिन्न भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ
यो समाचार तयार पार्दासम्म देशभरमो मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गत चौबिस घण्टाको मौसमी विवरणः