२०८२ जेष्ठ ३२

आज कोशी, बागमती र गण्डकी प्रदेशमा धेरै वर्षाको सम्भावना ।

काठमाण्डौँ, आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा धेरै वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।