आजदेखि मलेखु–मुग्लीन सडक असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द हुने ।

काठमाण्डौँ, संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने लाईफलाईन मानिने मलेखु –मुग्लीन सडक खण्ड आज २०८२ जेष्ठ ३० गत शुक्रवारेदेखी आगमी असारको सात गतेसम्मका लागी रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
मलेखु–मुग्लीन सडक खण्डमा निर्माण भएको नयाँ पुलहरुमा अरसिसि विम गडर राख्नु पर्ने भएकोले सो खण्ड बन्द गरी काम गर्न लागीएको हो । गडर राख्नका लागी ठुलो क्रेनको प्रयोग गर्नु पर्ने भएकोले अत्यावाश्यक सवारीका साधनहरु बाहेक अन्य सवारी बन्द गर्न लागीएको हो ।
बन्दको समयमा मुग्लीनतर्फबाट राजधानी प्रवेशका लागी आएका ठुला र यात्रुवाहक र मालवाहक सवारीका साधनहरु मुग्लीन बजार क्षेत्रमा रोकिने छ भने साना तथा हल्का सवारीका साधनहरु कुरिनटारमा रोखिने ब्यवस्था मिलाईएको छ ।
यसैगरी, मलेखुबाट मुग्लीनतर्फ प्रवेशका लागी आएका सवारीका साधनहरुलाइ भने पृथ्वी राजमार्गको मलेखु र सितल बजारमा रोक्ने ब्यवस्था मिलाईएको छ । सो समयमा अत्यावाश्यक सवारीका साधनहरु विरामी बोकेका एम्वुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरु भने चल्न पाउने छन् ।
मलेखु–मुग्लीन राजमार्ग हुदै दैनिक पन्द्र हजारको हाराहारीमा सवारीका साधनहरु गुढ्ने गर्दछ । सो समयमा सवारीका साधनहरु रोक्दा र चलाउदा लेन अनुसासन पालना गनुृका साथै जथाभावी ओभरटेक नगर्न नागढुङ्गा मुग्लीन सडक योजन पश्चिम खण्डले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्