२०८२ जेष्ठ ३२

नेपाली सेनाको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२ सम्पन्न ।

नेपाली सेनाकोे एक दिवसीय “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२” सम्पन्न भएको छ ।
सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले सञ्चालन भएको गोष्टी प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा भएको थियो ।


दुई चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरु, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैर–सरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्यास समेत सञ्चालन गरिएको थियो ।