जिल्ला विपद् व्यवस्थापन समिति मनाङद्वारा मनसुनजन्य विपद् उद्धार अभ्यास ।

चामे, जिल्ला विपद् व्यवस्थापन समिति मनाङले मनसुनजन्य विपद् उद्धार अभ्यास गरेको छ ।
नेपाली सेनाको नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा बुधबार नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुनजन्य विपद् उद्धार अभ्यास गरेको हो ।
नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पु¥याउने उद्देश्यले ‘मनसुनजन्य विपद् उद्धार अभ्यास एवं प्रदर्शनी गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिए । गुल्मपति थापाका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ ।जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुनसक्छन्, त्यस अवस्थामा उद्धारका अभ्यासले टेवा पु¥याउने बताए । अभ्यासले जनचेतना जगाउन सहयोग गर्ने प्रजिअ आचार्यले बताए । स्थानीय निकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने उनको भनाइ छ ।
बुधबार सम्पन्न अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति, मनाङले भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मङ्सिर, पुस र माघमा ‘लु’ तथा ‘डिहाइड्रेसन’, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्