आजबाट देशभर पानी पर्न सुरु, काठमाण्डौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ।

काठमाण्डौँ, देशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाण्डौंमा आज दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “हिजो जस्तै आज पनि काठमाण्डौँमा दिउँसो १२ बजेपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आजबाट (मौसमी बर्षा) पानी पर्नेक्रम सुरु भएको अब हरेक दिनजसो पानी पर्छ । कोशी प्रदेशमा रहेको मौसमी वायु क्रमशः देशभर फैलिने छ ।
प्रतिक्रिया दिनुहोस्