आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा गमी बढने, बुधबारबाट पानी पर्ने ।

काठमाण्डौँ, देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढेको हो । “आज र भोलिसम्म तापक्रम बढ्ने देखिन्छ । भोलि रातिबाट पानी पार्ने प्रणाली अलि धेरै विकास हुने,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहाल भन्छन्, “आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा वर्षा हुने छैन ।” भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट वर्षा हुने विभागको भनाइ छ ।
“बुधबार देखि तापक्रम घट्दै जान्छ र वर्षा बढ्दै जान्छ । यो हप्ताभरमा मनसुनले लगभग नेपाल पूरै यात्रा गर्ने सम्भावना रहेको विभागको भनाइ छ ।”
यसैबीच, आज काठमाण्डौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज दिउँसो कोसी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राती कोसी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ ।
प्रतिक्रिया दिनुहोस्