२०८२ असार २४

आज कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना ।

काठमाण्डौँ, आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले छ ।
कोसी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफा रहने विभागले जनाएको छ । ।
कोसी प्रदेशका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ ।