रैथाने बालीको संरक्षण जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाण्डौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कृषि प्रजातिका धेरै रैथाने बाली लोपोन्मुख हुने अवस्थामा पुगेको बताएका छन् ।
हुलाक टिकटहरूको प्रथम दिवसीय टाँचा प्रदान कार्यक्रमलाई बुधबार हुलाक सेवा विभागमा सम्बोधन गर्दै मन्त्री गुरुङले राज्यले ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका तथा लोपोन्मुख अवस्थामा रहेका रैथाने बाली र पशुपन्छीका बारेमा टिकट प्रकाशित गरेर महत्व दर्शाउने गरेको उल्लेख गरे ।
बुधबार हुलाक टिकट जारी भएका नौ वटा टिकटको आआफ्नै ऐतिहासिक महत्व रहेको उहाँले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यसअघि मुख्यमन्त्री हुँदा लिमे र पारकोटे भैँसीका बारे धेरै जानकारी पाएको थिएँ । पहाडी क्षेत्रमा पाइने यो भैँसीले लामो समयसम्म दुध दिने, भएकाले यी भैँसीको संरक्षण गर्दा लाभ लिन सकिन्छ ।” कालो भट्ट, वन लसुनलगायत अरू थुप्रै वस्तु औषधीका रूपमा प्रयोग हुने गरे पनि लोप हुने अवस्थामा पुगेको उहाँले दाबी गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले रैथाने आनुवंशिक कृषि बालीको संरक्षण गर्नुका साथै अरू लोपोन्मुख अवस्थामा भएका वनस्पतिको संरक्षण संवर्धन गर्नुपर्नेमा जोड दिइन । हुलास सेवा विभागकी महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले राज्यले अझै रैथाने बाली, पशुपन्छी र वनस्पति संरक्षण हुने गरी हुलाक टिकटमा अङ्कित गर्न नसकेको बताइन । उनले बासमती चामल नेपालकै रैथाने धानबाली भए पनि अरूले दाबी गर्नु राम्रो नभएको जिकिर गरिन । नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक विभागले अत्यन्तै रैथाने जीवन जनावर वनस्पतिको टाँचा लगाउन अत्यन्तै खुसी लागेको बताए । उनले लोपोन्मुख अवस्थामा भएका एतिहासिक वस्तुको राज्यले मात्रै नभएर नागरिकसमेत सचेत रूपमा लाग्नुपर्ने उल्लेख गरे । विभागले सुन्तला, पुत्का मौरी, रायो साग, अछामी गाई, असला माछा, खरी बाख्रा, लिमे भैँसी र पारकोटे भैँसी अङ्कित टिकटमा टाँचा लगाएर कार्यान्वयनमा ल्याएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्