मनाङका रैथानेवाली संकटमा, स्थानीय आलुको उत्पादन बड्यो ।

आनन्द गुरुङ, मनाङका मौलिक, परम्परागत र प्रकृतीमैत्री घरहरुमात्र होइन धरोहरका रुपमा रहेका गुम्बा र छोर्तेहरु जिर्ण भइसकेका छन् । समयमै ध्यान नदिए ती मौलिक, परम्परागत धरोहरहरु छिट्टै ढल्ने छन् । त्योसंगै मौलिक शिप, कला र कालिगढी समेत ढल्ने छन् । ती स्थानमा नयॉ, आधुनीक शैलीका संरचनाहरु निमार्ण होलान तर ती सबै काठमाण्डौँको सुन्धारामा निमार्ण भएका धरहरलाई मेयर बालेन्द्र शाहले दिएको संज्ञा जस्तै “अग्लो सिमेन्टको टहरो” मात्र हुने छ ।
समुद्री सतहबाट एक हजार आठ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्म रहेको मनाङ जिल्लाको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग किलोमिटर रहेको छ । जिल्लाको दुई लाख २४ हजार छ सय हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार एक सय ५६ रहेको छ । त्यसमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । जस अन्तर्गत एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्रफल रहेको छ भने अन्य क्षेत्र प्राकृतिक रुपमा खेती गरिन्छ ।
रैथाने बाली भन्नाले स्थानीय जातका, परम्परागत रुपमा लगाइदै आएका अन्नबालीहरु बुझिन्छ । जौ स्थानीय हावापानी र माटो सुहाउ‘दो हुन्छ । मनाङमा रैथाने बाली गहुँ, फापर, करु, उवा लोप हुने अवस्थामा पुगेका छन् । हिमाली जिल्ला मनाङ विगतमा यिनै रैथाने बालीमा नै आत्मनिर्भर थिए । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानहरुमा सामान्य अर्थात नगन्य रुपमा मात्र गर्ने गरेको पाइन्छ ।
कृषि ज्ञान केन्द्र मनाङका अनुसार नार्पाभूमि गाउ‘पालिकामा रैथानेवालीहरु प्राय–प्राय लोप नै भइसकेको भन्दा पनि हुन्छ । त्यसैगरी ङिस्याङ गाउ‘पालिकाका सबै वडाहरुमा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । किनभने रैथाले वालीलाई सुहॉउदो वातावरणमा क्रमश परिर्वतन आउन थालेको छ । रैथानेवालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । विगत चार बर्षको तथ्याङ्क हेर्ने हो भने अन्य रैथाने वालकिो तुलनामा स्थानीय आलु खेतीमा बृद्धी भएको पाईन्छ । किन भने अन्य वालीको तुलना आलुको बढी माग तथा खपत हुन थालेकाले ब्यवसायीक खेती अर्थात नगदे वालीको रुपमा विकास भएको भन्न सकिन्छ । तर अन्य वाली लगाउन धेरै जनशक्ती लाग्नुका साथै लागत पनि धेरै लाग्ने हुनाले अन्यवालीहरुको उत्पादन घटेको हो ।
उसो त मनाङ जिल्लाको तल्लो भेगमा अन्य वालीहरु जस्तै मकै, कोदो धान, र गेडागुडीहरुका साथै अन्य वालीहरु पनि लगाइन्छ । जस्तै गोलभेडा, काउली, फसी, पियाज आदि । पहिले–पहिले तल्लो मनाङ अर्थात हालको नासोँ गाउँपालिकाका केही स्थानहरुमा घैया धान र कोदोको पनि खेती गरिन्थ्यो तर आजभोली गरिन्दैन ।
आर्थिक बर्ष २०७९/८० मा नासोँ गाउँपालिकामा उत्पादन भएका कृषि उत्पादनका तथ्याङ्कः–
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द,्र श्रीमहल काठमाण्डौ‘का अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादनबढी लिने उद्देश्यका साथ गरिएकोखेतीले रैथाने बाली लोप भएका हुन् । त्यसैगरी, सन्दर्भ श्रोतहरु तथा प्राविधिकहरुमा ज्ञान सिप अपुग भएको ठहर केन्द्रको छ । संरक्षण केन्द्रले फापर, कोदो, जौ,कागुनो, चिनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भॉगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय रैथाने वालीमा सूचिकृत गरेको छ ।
समग्रमा भन्ने हो भने मनाङ जिल्ला लगायत देशभरबाटै कतिपय रैथानेवालीहरु लोप भइसकेका छन् भने कतिपय लोपउन्मुख र संकटापन्न अवस्थामा रहेका छन् । त्यसैले सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथानेवालीहरुको संरक्षण र प्रर्वद्धनमा ध्यान दिंदै रैथाने वालीको वैज्ञानिक र आधुनिकप्रविधि युक्त प्रजातिको विकास गरी उन्नत बिउ बिजनको विकास गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्