२०८२ असार २४
सैनिक प्रवक्तामा सहायक रथी राजाराम बस्नेत नियुक्त ।

काठमाण्डौँ, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र सैनिक प्रवक्तामा सहायक रथी राजाराम बस्नेत नियुक्त हुने भएका छन् ।
बस्नेतले सैनिक प्रवक्ताको जिम्मेवारी आज (बिहीबार) बाट सम्हाल्ने सेनाले जनाएको छ ।
बिहीबार बुझबुझारथको काम सकिएपछि हाल सहायक रथी गौरवकुमार केसीले सम्हाल्दै आएको सैनिक प्रवक्ताको जिम्मेवारी बस्नेतले सम्हाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्