यातायात व्यवसायीको आन्दोलनका कार्यक्रम स्थगन ।
काठमाण्डौँ, मंगलबार अबेर गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।
एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो । गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
त्यसलगत्तै, प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका हुन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्