सार्वजनिक सवारी ग्यारेजमा थन्क्याएर आन्दोलनमा, यात्रु मर्कामा
काठमाण्डौं, सार्वजनीक यातायात व्यवसायीहरूले आज (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज सोमबार सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका हुन् ।
गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार सार्वजनिक यातायात बन्द गरेका छन् । यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा आएका थिएनन् ।
“आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन मिति २०८२÷२÷१९ गतेदेखि घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिपर्ने बाध्यता आइपरेको र यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ ।

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्