आज गण्डकी प्रदेशमा सार्वजनिक यातयात ठप्प ।
पोखरा, गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघले संयूक्त रुपमा आन्दोलनको कार्यक्रम तय गरेका हुन् ।
यातायात व्यवसायीले रातो प्लेट (नीजि सवारी साधन) लाई समेत यात्रु ओसारपसारमा प्रयोग गर्न दिँदा कालो प्लेट (सार्वजनिक सवारी साधन) का सार्वजनिक सवारी साधन सञ्चालक मर्का पर्ने बताउँदै ३ बुँदे माग अघि सारेका छन् ।
सरकारले वार्ताका लागि समिति बनाएर बार्तामा आउन आह्वान गरेपनि यातायात व्यवसायीले वार्तालाई अस्विकार गरी १६ जेठदेखि गण्डकी क्षेत्रमा सार्वजनिक यातयात व्यवसायी बन्द गरेका हुन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्