२०८२ जेष्ठ २०

आज १८ औं गणतन्त्र दिवस

काठमाण्डौँ, आज १८ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
यस दिनको सम्झनामा आज जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएर तोप र बन्दुक पड्काएर बढाईं पनि गरेको छ । १८ औं गणतन्त्र दिवस मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । त्यस्तै सरकारी निकाय, घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।
गणतन्त्र दिवस, २०८२ को शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताउनुभएको छ ।
शुभकामना सन्देशमा “संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेको बताएका छन् ।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाली कॉग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश दिँदै संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका छन् । “संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्ने छौँ । शुभकामना सन्देशमा भनेका छन् ।