२०८२ जेष्ठ २०

सेनाको सहयोग लिएर चोभार गल्छीलाई फराकिलो बनाइने ।

काठमाण्डौँ, शहरी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौंको सॉघुरो चोभार गल्छीलाई फराकिलो बनाउने भएका छन् ।
बुधबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेकोे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले नेपाली सेनाको सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन निर्देशन दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत वर्षको असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण वाग्मती नदीमा पानीको सतह बढ्न गई काठमाण्डौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायत क्षेत्र डुबानमा परेको थियो । चोभार गल्छी साँघुरिएर डुबान भएको निष्कर्ष निकाल्दै बैठकले गल्छीमा रहेको अवरोध हटाउन निर्देशन दिने निर्णय गरेको हो ।
बैकठले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरेको छ । कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरी प्रभावित हुने आकलन गरिएको छ । ती घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन कार्ययोजनामा गरिएको छ ।
यस्तै, जल तथा मौसम विज्ञान विभागले पनि यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।