२०८२ असार २

काप्टेन लिम्बुको सेवा तथा सुविधा रोक्का ।

काठमाण्डौँ, नेपाल वायुसेवा निगमले तत्कालीन क्याप्टेन कुलबहादुर लिम्बुले अवकाश कर्मचारीका हौसिएतले दिँदै आएको सेवा तथा सुविधा रोक्का गरेको छ ।
सामाजिक सञ्जालमा अनधिकृत रूपमा निगमका आन्तरिक कागजातहरू सार्वजनिक गर्दै निगमको छवि बिगार्ने प्रयास गरेको भन्दै व्यवस्थापनबाट अर्को निर्णय नहुन्जेल सम्मका लागि उनले पाउने सेवा तथा सुविधा रोक्का गरिएको विज्ञेप्तिमा उल्लेख छ ।
२०७७ सालमा नेपालगञ्ज विमानस्थल भएको विमानको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालीन क्याप्टेन कुल बहादुर लिम्बुको उडान इजाजतपत्र निलम्बन गरेको थियो। इजाजतपत्र निलम्बनपछि क्याप्टेन लिम्बु निगममा कार्यरत रहन नसक्ने स्थितिमा पुगेका थिए ।
त्यसपछि, निगमले २०७७ असार १ गतेदेखि उनको करार सेवा समाप्त गरेको थियो । क्याप्टेन लिम्बुले यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले निगमको निर्णयलाई कानुनी रूपमा सही ठहर गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
लिम्बुले सेवा समाप्त भएको मितिदेखि करारको अन्तिम मितिसम्मको सात महिनाको तलब माग गरेका थिए । तर, सो अवधि उनले काम नगरेको र अदालतको आदेशअनुसार सो तलब दिन कुनै कानुनी आधार नरहेको निगमले विज्ञप्तिमा प्रस्ट पारेको छ । यो विषयमा २०७८ मंसिर २३ गते उनलाई जानकारी गराइसकिएको पनि उल्लेख छ।
निगमका प्रवक्ता सुवास डागीद्वारा जारी विज्ञप्तिमा लिम्बुले सामाजिक सञ्जालमा निगमका आन्तरिक कागजातहरू अनधिकृत रूपमा सार्वजनिक गर्दै आएको पाइएको उल्लेख छ । यस्तो कार्यले निगमको प्रतिष्ठामा आँच पु¥याएको भन्दै कार्यकारी समितिको २०८१ फागुन ५ गतेको बैठकले उनलाई दिँदै आएको सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको हो । निगमले सर्वोच्च अदालतको निर्णय विपरीत कुनै सुविधा दिन नसक्ने स्पष्ट गर्दै व्यक्तिगत त्रुटिहरूको आत्मसमीक्षा गर्नसमेत अनुरोध गरेको छ।