२०८२ असार २

सनासलु क्षेत्रमा हालसम्मकै अधिक पर्यटक ।

सामागाउँ, उत्तरी गोरखाको मनासलु क्षेत्रमा चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०८०–८१ मा नौ हजार ७८२, आव २०७९–८० मा सात हजार ७०५ र आव २०७८–७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । पूमुख शेरचनका अनुसार बर्सेनि पर्यटकको सख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१–८२ मा १२ हजार ५०० पर्यटक भित्र्र्याउने लक्ष्य राखेकामा ९८ दशमलव शून्य सात प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उनले चालु आवमा अहिलेसम्मकै बढी पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेको जनाउको छ ।


मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयॉ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनसक्ने व्यवस्था गरिएको छ ।
प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ । निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।