२०८२ असार २४

मनाङका परम्परागत घरहरु संकटमा, संरक्षणमा कठीनाई । ।

आनन्द गुरुङ, हिमाल पारीको जिल्लाको नामले परिचित मनाङका मौलिक र परम्परागत स्थानीय सिप र प्रविधिबाट ढुङ्गा र माटाले बनेका प्रकृतिमैत्री घरहरु विस्तारै लोप हुन थालेका छन् । काठ, ढुङ्गा र माटाले बनेका छानो पनि ढुङ्गा र माटाले नै बनेका यस्ता घरहरु आधुनिकीकरण, विकाश र प्रविविधीको प्रयोगका साथै प्राकृतिक रुपले चेपुवामा परेका छन् ।
सयौबर्ष पहिले बनेका यस्ता घरहरु समय–समयमा मर्मत सम्भार नहुनु र कुशल कारीगरको अभाव एउटा कारण हो भने जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा अधिक बर्षा हुनु अर्को हो । पहिले–पहिले मनाङ क्षेत्रमा सायदै बर्षा हँुदैन थियो भन्दा पनि हुन्थ्यो । त्यसैले, आधुनीक पक्की भवनका जस्तै थेप्चो अर्थात समानान्तर छानो भएका घर बनाउथे । यसै छानोमा अन्नबालीहरु कुटने, निखन्ने, सुकाउनका साथै हिउ‘दका लागि घरपालुवा चौपायाका लागि घाँस, दाउरा राख्ने गर्थे । अर्को कुरो यस्ता परम्पराग बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडो याममा चिसोजन्य रोगले छुँदैन । त्यसैले पूर्वहरुले स्थानीय श्रोत–साधन र प्रकृति सापेक्ष घरहर बनाउथे । त्यसबेला घरहरु पनि थोरै थिए । प्राकृति चक्रलाई बाधा पुग्दैन थिए । त्यसैले परम्पराग र प्रकृतिमैत्री घरहरु नै समय सापेक्ष थियो ।
जब भारी हिमपात हुन्थे मनाङी कृषहरु त्यसबर्ष खातीबारीबाट उब्जनी राम्रो हुने आशामा खुशी हुने गर्थे । किनभने अहिले जस्तो पानी पर्दैन थियो र भारी हिमपात भएपछि विस्तारी पग्लदै गएर स्वत सिचाई हुन्थो । तर, कही बर्ष यता मनाङमा औसतभन्दा कम हिमपात हुने गरेको छ । अधिल्लो बर्षको तुलनामा गत हिउ‘दमा खासै हिमपात भएन भन्दा पनि हुन्छ ।
जब कुनैपनि क्षेत्रको वायुमण्डली तापमान क्रमश घटदै जॉन्छ तब हिउ‘का करणहरु बन्दै जान्छ र हि‘उ पर्ने गर्दछ तर हिउ‘का करणहरु बन्ने समयमा जब हावा हुरी चल्छ ती क्षेत्रको वायुमण्डली तापमान बड्दछ र बन्दै गरेको हिउ‘का कणहरु पानीका कणहरुमा परिणत हुन्छ र बर्षा हुने गर्दछ । यसले मनाङ लगायत हिमाली क्षेत्रमा पहिले भन्दा  आजकल बढी हावा–हुरी पनि चलन थालेको प्रमाणीत हुन्छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङुक अनुसार पछिल्लो पॉच बर्षको अवधिमा वि.स. २०२१ सालमा सर्वाधि ८४८ दशमलव ५७ मिली लिटर बर्षा मापन भएको छ । गतबर्ष २०८१ सालको पुस १८ गतेदिख २०८२ साल जेठ ११ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने २०२१ सालमा सर्वाधिक ८४८ मि.ली. बर्षा मापन भएको छ । पछिल्लो दुई बर्षको बर्षाको तथ्याङ्क हेर्ने हो भने  मात्र पनि १० मिली लिटर बर्ष बढी भएको पाइन्छ । त्यसैगरी, १ जनवरी २०२५ देखि १ अप्रील २०२५ सम्मको बषाृको तथ्याङ्क हेर्ने हो भने मार्च महिनामा २१.६२ मि.ली मिटर बर्षा भएको जल तथा मौसम विज्ञान विभाग, हुम्डे केन्द्रको तथ्याङ्क छ ।
त्यसैगरी २०२२ सालमा माथिल्लो मनाङको अधिकतम तापक्रम १४.३९४ र न्यूनतम तापक्रम २.०४४ डिग्री मापन भएको छ ।
त्यत्तीमात्र होइन आजभोली मनाङ लगायतका हिमाली जिल्लाहरुमा अतिबर्ष, अल्पबर्षका साथै खण्ड बर्षा समेत भएको पाइन्छ । उसैगरी, बेमौसमी हिमपात (ग्लकभबकयलब िकलयधाबिि) हुन थालेको छ । हिमाली क्षेत्रको जनजिवनमा नकारातमक असर पारेको पाइन्छ । जसका कारण स्थानीय परम्परागत मौलिकता विस्तारै संकटमा पर्न थालेको छ ।
हिउ‘दमा हिउ‘ नपर्नु, बेमौसमी हिमपात हुनु, प्रतिबर्ष पानी धेरै पर्नुका मुख्य कारण जलवायु परिर्वतन नै हो भन्ने कुरा प्रमाणीत भइसकेको छ । तर त्यसका अलावा स्थानीय परिवेश र स्थानीयवासीको पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पाइन्छ । वन जंगलको फडानी, जनसंख्याको बृद्धी, विकास निमार्ण, जस्ता पाताको छानाको प्रयोग, प्रकृतिलाई बाधा पुग्ने खालका क्रियाकलाप (सवारी सधानबाट निस्कने प्रदुर्षण, प्लास्टीकका वस्तुहरुको प्रयोग, ध्वनी प्रदुर्षण) आदि हुन ।
बर्षा कम पर्ने जिल्लाको रुपमा परिचित मनाङ जिल्लामा विगत भन्दा हाल बढी बर्षा हुनुले यहॉका परम्पागत घरहरुको छानाबाट पानी रसाउने, घरको पर्खालसम्म पुग्ने र घरका पर्खाहरु कम्जोर हुनका साथै भत्कने, र बसोबास गर्न समेत कठिनाई हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार यस बर्ष बर्षा(२०२५)मा अधिक हुने जनाएको छ । त्यसैले, यहॉका घरहरुमा कुनै दुर्घटना नहोस् भनी पूर्वतयारी अपनाउनु आवश्यक छ ।
यस्ता मौलिक, परम्परागत र प्रकृतीमैत्री घरहरुको संरक्षणमा उचित ध्यान नदिए अबको केही बर्षभित्रै इतिहासको पानाहरुमा मात्र यस्ता घरहरु पाइने निश्ति छ । मनाङको गहनाका रुपमा रहेको मौलिक, परम्परागत, प्रकृतीमैत्री घरहरुको संरक्षणमा सबै एकजुट भएर लागौं । क्रमशः-