२०८२ फाल्गुन २२
३९५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरे ।
काठमाण्डौँ, यसबर्षको वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।
हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।
यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस ऋतुका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्