नागढुंगा–नौबिसे सडक दैनिक दिउँसो साढे चार घण्टा बन्द गरिने ।
काठमाण्डौँ, राजधानी भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।
काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० देखि २५ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । उक्त खण्ड यसअघि राति बन्द गरेर काम गरिँदै आएको थियो ।
आयोजनाले नागढुंगा–पिपलामोड बाटो निर्माणका निम्ति सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति भएको उनले जानकारी दिए ।
उता, नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले मंगलबार (जेठ ६) सूचना गरी काठमाण्डौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्