२०८२ माघ ६

इजरायलको तेल अभिभमा २५६९औंँ बुद्धजयन्ती भब्यताका साथ मनाइयो ।

तेलअभिभ, इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासमा २५६९औंँ बुद्धजयन्ती विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
राजदूतको नविासमा भएको कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदाय, विशिष्ट इजरायली अतिथि, विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, बौद्ध धर्मावलम्बी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूको आवागमन सहज बनाउन एक नेपाली संस्थाको सहकार्यमा बस सेवासमेत उपलब्ध गराइएको थियो । गैरआवासीय नेपाली संघ इजरायल, नेपाल आदिवासी जनजाति महासंघ इजरायल तथा अन्य नेपाली संघसंस्थासँग समन्वय गरी कार्यक्रमको तयारी गरिएको थियो ।
कार्यक्रमस्थल नेपाली कला, संस्कृति र बुद्ध धर्मको प्रचार–प्रसार हुने सामग्री सजाइएको थियो । कार्यक्रम अवधिभर बुद्ध वन्दना, पूजाअर्चना तथा ध्यान गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा नेपाली राजदूत धनप्रसाद पण्डितले विशेष सम्बोधन गरेका थिए । यसैगरी भारतीय राजदूत जेपी सिंह र इजरायलका लागि नेपाली अवैतनिक वाणिज्यदूत नदाव वेन यहुदाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
दूतावासका उपनियोग प्रमुखकुमार बहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बुद्धसँग सम्बन्धित विविध विषयवस्तु समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो । नेपाली दूतावासले बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय समुदायमा नेपाल र बुद्धका सन्देश प्रचारप्रसार गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।