२०८२ फाल्गुन १३
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
काठमाण्डौ‘, महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ ।
आर्थिक वर्ष २०८१–८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।
महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेश गर्दैछन् । त्यसपछि प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
संवैधानिक निकायको रुपमा रहेको महालेखा परीक्षकको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गदर्छ ।


प्रतिक्रिया दिनुहोस्