२०८२ माघ १९
आज पॉच प्रदेशमा चट्याङसहित वर्षा, कतै हावाहुरीको सम्भावना ।
काठमाण्डौ‘, आज कोशी प्रदेश लगायत पॉच प्रदेशका केही भागहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि रहेकोे छ । त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा हावाहुरीको सम्भावना रहेको र राति पनि पहाडी क्षेत्रहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको विभागले जनाएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्