आज २५६९ औ बुद्धजयन्ती, चौथो नेपाल काख्येन महा जप शुरु ।
काठमाण्डौ‘, आज २५६९ औ बुद्धजयन्ती विविध कार्यक्रम गरि विश्वर मनाइदैछ ।
२५६९ औ बुद्धजयन्तीको अवसर पारेर चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा आजदेखि शुरु भएको छ ।

काठमाण्डौको स्वयम्भू स्थित् मनाङ गुम्बामा २५६९ औ बुद्धजयन्तीको अवसर पारेर चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा शुरु भएको हो । र्कग्युल सम्प्रदायका गुरु तथा रिपोच्छे फुन्चो भवान बुद्धको प्रतिमा लिएर गुम्बा प्रवेश गर्दा सयौं भक्तजनहरुले हातमा खदा सहित भब्य स्वागत गरेका थिए ।

आगामी आठदिन सम्म सञ्चालन हुने यस पुजा तथा महा जपमा सम्पूर्ण प्राणी जगतको हितका साथै शुख, शान्ती र सम्बृद्धीका साथै र्कग्युल सम्प्रदायका गुरु १७ औं कर्मपाले बुद्ध धर्मका उपदेश तथा सन्देशहरु संसारभर फैलाउन सकोसभनी पुजा गरिएको हो । पुजा अवधिमा एक अर्ब जप गरिने पनि लामा गुरुहरुले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्