२०८२ फाल्गुन १३
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल घाइते, टाउकोमा चोट ।
काठमाण्डौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाथरुममा लडेर घाइते भएका छन् ।
गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।
बाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्